शिक्षा विधेयकमा विद्यालय कर्मचारीसम्बन्धी प्रावधान संशोधन भयो भएन स्पष्ट हुन बाँकी : अध्यक्ष तिवारी

हिमाल प्रेस ६ भदौ २०८२ ९:२६ | Friday, August 22, 2025
2
SHARE
शिक्षा विधेयकमा विद्यालय कर्मचारीसम्बन्धी प्रावधान संशोधन भयो भएन स्पष्ट हुन बाँकी : अध्यक्ष तिवारी अध्यक्ष गंगाराम तिवारी।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीले विद्यालय शिक्षा विधेयकबारे कर्मचारीहरू अन्योलमा परेको बताएका छन्।

उनका अनुसार शिक्षा समितिबाट सर्वसम्मत पारित भइसकेको विधेयक अहिले प्रतिनिधिसभामा लैजाने तयारी भइरहेको छ तर विद्यालय कर्मचारीसम्बन्धी प्रावधान संशोधन भएको हो वा नभएको भन्ने स्पष्ट भइसकेको छैन।

‘विधेयक हाल समितिको वेबसाइटमा राखिएको छ तर २०८२ भदौ ५ गते समितिबाट पारित भएपछि मात्र प्रतिनिधिसभामा दर्ता हुन्छ। त्यसपछि प्रतिनिधिसभाको वेबसाइटमा सार्वजनिक हुँदा वास्तविक रूपमा कर्मचारीसम्बन्धी के प्रावधान राखिएको छ भन्ने खुल्नेछ,’ अध्यक्ष तिवारीले भने।

विद्यालय कर्मचारीलाई अझ चनाखो रहन आग्रह गर्दै उनले भने,‘यो बेला कसैलाई दोषारोपण गर्ने होइन बरु कुन बाटोबाट हाम्रो माग मुद्दालाई सम्बोधन गराउन सकिन्छ भन्नेमा लाग्नुपर्छ।’

उनले विद्यालय कर्मचारीहरूको संगठन ट्रेड युनियन भएकोले एकपछि अर्को सुविधा माग गर्दै अघि बढ्ने अधिकार कर्मचारीले पाउने कुरा स्मरण गराए।

प्रकाशित: ६ भदौ २०८२ ९:२६ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast