शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिमा हस्तान्तरण

हिमाल प्रेस २ भदौ २०८२ १५:५७ | Monday, August 18, 2025
शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिमा हस्तान्तरण

काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सचिवालयले समितिलाई हस्तान्तरण गरेको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सचिव दशरथ धमलाले प्रतिवेदन समितिका सभापति अम्मरबहादुर थापालाई हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन सभापतिलाई हस्तान्तरण गरेसँगै अध्ययनका लागि समितिका २७ सदस्यलाई नै उपलब्ध गराइएको छ।

अब सदस्यहरूले प्रतिवेदन अध्ययन गरी समितिको आगामी बैठकमा आआफ्ना रायसुझाव पेस गर्नेछन्। प्राप्त सुझावलाई समेटेर विधेयक समितिबाट पारित गरिनेछ।

प्रकाशित: २ भदौ २०८२ १५:५७ | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast