शिक्षकका ९५ प्रतिशत माग पूरा भएका छन्, बाँकी राष्ट्रियसभामार्फत पूरा गर्न सकिन्छ : शिक्षामन्त्री पन्त

हिमाल प्रेस ६ भदौ २०८२ ६:१३ | Friday, August 22, 2025
शिक्षकका ९५ प्रतिशत माग पूरा भएका छन्, बाँकी राष्ट्रियसभामार्फत पूरा गर्न सकिन्छ : शिक्षामन्त्री पन्त

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० मा सामुदायिक तथा निजी विद्यालयका शिक्षकका ९५ प्रतिशत माग पूरा भएको दाबी गरेका छन्। बाँकी माग राष्ट्रियसभामार्फत पनि पूरा गर्न सकिने बताए।

बिहीबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकका ९५ प्रतिशत माग पूरा भएको बताएका हुन्।

उनले भने, ‘विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्तुष्टि राख्ने ठाउँ कसैको छैन। विधेयकमा आएका प्रतिक्रियाहरू सकारात्मक छ। हामीले गर्न सक्ने शिक्षक साथीहरूले ९५ प्रतिशत माग पूरा भएको छ। मन्त्रालयका साथीहरू निरन्तर संवादमा हुनुहुन्छ।’

उनले शतप्रतिशत माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएको भन्दै कतिपय संशोधन राष्ट्रियसभामा पनि राख्न सक्ने समेत बताए। उनले अहिलेको पाठ्यक्रम पुरानो भएको भन्दै सबै पाठ्यक्रमको समीक्षा गर्नुपर्ने बताए।

प्रकाशित: ६ भदौ २०८२ ६:१३ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast