 
                             
                                            काठमाडौँ- पूर्वराष्ट्रपति एवं एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ। पर्साको वीरगञ्ज हिँडेकी विद्यालाई एमाले नेताकार्यकर्ताहरूले सिमरा अवतरण गरेसँगै स्वागत गरेका हुन्।
भण्डारीको स्वागतका लागि पार्टी स्थायी कमटी सदस्य मुकुन्द न्यौपाने ,पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने र अरबिन्द्र सिंह, प्रदेशका सचिव मनोज पौडेल, प्रदेश सचिवालय सदस्य जयप्रकाश थारु र जितपुर सिमरा उपप्रमुख भोला अधिकारी, जितपुर सिमरा अध्यक्ष त्रिलोक शाह र एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्ष नवराज शर्मा पुगेका थिए।
                            प्रकाशित: १४ भदौ  २०८२ १०:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 