वीरगञ्जमा चिकित्सक टोली परिचालन गरिने

हिमाल प्रेस ८ भदौ २०८२ १७:३५ | Sunday, August 24, 2025
वीरगञ्जमा चिकित्सक टोली परिचालन गरिने गृहमन्त्री रमेश लेखक/फाइल तस्बिर

काठमाडौँ– केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा भएको बैठकले यो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन पनि दिए।

‘आवश्यकताअनुसार टोली परिचालनका निम्ति तत्काल तयारी थाल्न मन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ प्रवक्ता काफ्लले भने। गृहसचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा मुलुकको शान्तिसुरक्षाको समीक्षा भएको थियो।

यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवबीच वीरगञ्जमा हैजा संक्रमण नियन्त्रणबारे छलफल भएको छ।

स्थानीय सरकारसँगको समन्वयमा बिरामीको तत्काल उपचार तथा सरकारी एवं निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ।

प्रकाशित: ८ भदौ २०८२ १७:३५ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast