विष्णु माझीले ल्याइन् तीज गीत ‘म त नराउरी’ [भिडियाेसहित]

हिमाल प्रेस २८ साउन २०८२ ११:२० | Wednesday, August 13, 2025
विष्णु माझीले ल्याइन् तीज गीत ‘म त नराउरी’ [भिडियाेसहित]

काठमाडौँ- लोकप्रिय गायिका विष्णु माझीले यसवर्षको तीज गीत सार्वजनिक गरेकी छन्। गीतको बोल ‘म त नराउरी’ राखिएको छ। उनले पुतलीको भट्टीको सिरिजअनुसार यो उनको २१ औं गीत हो।

सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतले सानैदेखि छोराछोरीमा विभेद गर्ने प्रवृतिलाई समेटेको छ। आशिष अविरलको मिक्सिङ र संगीत संयोजन रहेको गीतमा आमाको लागि छोरा राम्रो भएको आफू नराम्री बनेको एक चेलीको वेदना पोखिएको छ।

गीतको भिडियोमा मोडल ललिता पौडेलसहित बाल कलाकार प्रविधि भण्डारी, विज्ञान भण्डारी र अक्षयत हिमालीले अभिनय गरेका छन्।

शम्भु चालिसेको कोरियोग्राफी र छायांकनमा बनेको भिडियोमा विवाह गरेर अन्मिदै गर्दा बाल्यकादेखि आमाले गरेका व्यावहारलाई कैद गरिएको छ।

गीतले छोरीको खुसीभन्दा छोरा नै प्यारो हुने, छोरीलाई चुलो चौकोसमै सीमित राख्न खोज्ने, अर्काको घर धान्नुपर्ने भन्दै चुलो पोत्न लगाउने, राती जुठा भाडा राख्न नहुने, तरकारी पकाउँदा चाख्न नहुने, विवाहपछि छोराछोरी नै हुर्काउने भन्दै पढ्न नदिने प्रवृत्तिलाई  समेटेको छ। गीतले केही वर्षअघिको नेपाली समाजलाई चित्रण गरेको छ।

गीतको भिडियो सपना म्युजिक इन्ड्रस्टिजबाट सार्वजनिक गरिएको हो।

यस्तो छ गीत

प्रकाशित: २८ साउन २०८२ ११:२० | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast