विराटनगर र इटहरीमा राधाकृष्ण रथयात्रा (फोटो फिचर)

हिमाल प्रेस १ भदौ २०८२ २१:२४ | Sunday, August 17, 2025
विराटनगर र इटहरीमा राधाकृष्ण रथयात्रा (फोटो फिचर)

इटहरी- श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आइतबार विराटनगर र इटहरीमा राधाकृष्ण रथयात्रा निकालिएको छ।

विराटनगरमा दिउँसो ४ बजे श्री राधाकृष्ण मन्दिर परिसरबाट रथयात्रा सुरु भएको हो। रथले जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक हुँदै कोशी राजमार्ग र बरगाछी चोक परिक्रमा गरेर पुनः मन्दिर परिसरमै पुगेर समापन भएको छ। करिब ९ किलोमिटर दूरी तय गर्ने यो रथयात्रामा हजारौं भक्तजन सहभागी भएका थिए।

इटहरीस्थित श्री राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगर परिक्रमा गर्दै सम्पन्न भएको हो। रथयात्रामा सयौँ भक्तजनहरूको उल्लासपूर्ण सहभागिता थियो। इटहरीमा हरेक वर्ष परम्परागत रूपमा यो रथयात्रा निकालिँदै आएको छ।

जनविश्वासअनुसार रथको डोरी छुँदा मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने मान्यता छ। यही विश्वासका कारण रथयात्रामा सबै जातजाति र भाषाभाषीको सहभागिता हुने गर्दछ।

भक्तजनहरूले मनोकामना पूरा हुने आशामा डोरी तान्न तँछाडमछाड गर्ने परम्परा रहेको छ। वर्षौं पुरानो यो परम्पराले विराटनगरको धार्मिक-सांस्कृतिक पहिचानलाई झल्काउने गरेको छ।

प्रकाशित: १ भदौ २०८२ २१:२४ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast