विराटनगरमा प्राविधिक शिक्षा नमुना केन्द्र स्थापना

हिमाल प्रेस १० भदौ २०८२ १५:०९ | Tuesday, August 26, 2025
विराटनगरमा प्राविधिक शिक्षा नमुना केन्द्र स्थापना

विराटनगर- विराटनगर महानगरपालिकामा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रवर्द्धन केन्द्र स्थापना गरिएको छ। सगरमाथा आइ ल्याब समूह (कोशी प्रदेश), काठमाडौँ विश्वविद्यालय अन्तर्गतको स्कूल अफ एजुकेशन र स्वीजरल्याण्डको इटीएच ज्युरिचको सहकार्यमा सञ्चालित आइ ल्याब कार्यक्रमअन्तर्गत सो केन्द्र स्थापना गरिएको हो।

स्थानीय तह, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीचको सहकार्यमा स्थापित उक्त केन्द्रले नेपालमा सीपयुक्त जनशक्तिको खाँचो टार्न प्राविधिक शिक्षामा आमूल सुधारको आवश्यकता पूरा गर्ने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरलाले बताए। ‘उद्योगलाई आवश्यक दक्ष जनशक्ति आपूर्ति गर्न तथा समुदायमा रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्न यसबाट मद्दत पुग्नेछ’,उनले भने।

सगरमाथा आइ ल्याब समूहले सञ्चालनमा ल्याएको ‘सीप सम्बर्द्धन, तालिम पहुँच र रोजगारी जोड्ने कार्यक्रम’अन्तर्गत समूहले गाउँ–टोलमै पुगेर तालिमको पहिचान गरी उद्योगसँगको सहकार्यमा युवालाई रोजगारी तथा बजारसँग जोड्न सेतुको काम गर्ने बताइएको छ।

प्रकाशित: १० भदौ २०८२ १५:०९ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast