विप्लव निवासमा प्रचण्ड

हिमाल प्रेस ९ भदौ २०८२ १०:४२ | Monday, August 25, 2025
विप्लव निवासमा प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेटेका छन्। प्रचण्ड सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित विप्लवको निवासमा पुगेको हुन्।

विप्लवले प्रचण्डलाई फूल दिएर घरमा स्वागत गरेका थिए। पछिल्लो समय दुई दलबीच एकताको चर्चा छ। माओवादीले एकताका लागि प्रयत्न गरेको छ भने विप्लव नेकपा तत्काल एकता नगर्ने पक्षमा उभिएको छ।

यसअघि माओवादीका दोस्रो स्तरका नेताहरूले पनि विप्लवलाई भेटेका थिए। विप्लवले उनीहरूको कुरालाई अमानेपछि आज प्रचण्ड आफै विप्लव भेट्न पुगेको स्रोतको दाबी छ।

प्रकाशित: ९ भदौ २०८२ १०:४२ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast