काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज वीरगञ्ज जाँदैछन्। उनको सचिवालयका अनुसार वीरगञ्जमा हुने ‘महिला उद्यमी सम्मान’ कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी जान लागेकी हुन्।
पूर्वराष्ट्रपतिलाई वाराको सिमरामा स्वागत तथा सम्मान गर्ने नेकपा एमाले पोलिट्ब्युरो सदस्य पुरुषोत्तम पौडेलले जानकारी दिए।
बिहान ८ः४५ बजे सिमरा विमानस्थलमा उनको स्वागत गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: १४ भदौ २०८२ ६:४८ | Saturday, August 30, 2025
प्रतिक्रिया





