 काठमाडौँको थापागाउँमा मदन भण्डारी फाउन्डेसनले भाडामा लिएको घर। तस्बिर : हिमालप्रेस
                             काठमाडौँको थापागाउँमा मदन भण्डारी फाउन्डेसनले भाडामा लिएको घर। तस्बिर : हिमालप्रेस
                                            काठमाडौँ- पूर्वराष्ट्रपति विद्या भण्डारीले स्थापना गरेको थापागाउँस्थित मदन भण्डारी फाउन्डेसनको नाममा रहेको सम्पर्क कार्यालय आज उद्घाटन हुँदैछ।
एमाले नेता प्रकाश गौतमका अनुसार बिहीबार दिउँसो २ बजे एमाले पूर्वउपाध्यक्ष भण्डारी र नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यालय उद्घाटन गर्नेछन्। एमालेका उपाध्यक्ष युवराज ज्ञवाली समेत आउने उनले जानकारी दिए।
विद्या भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन भएपछि त्यसको सम्पर्क कार्यालय खुलेको हो । विगतमा मदन भण्डारीले चुनाव प्रचार प्रसार गर्नका लागि खोलेको घरमा नै अहिले सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
                            प्रकाशित: ५ भदौ  २०८२ ७:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![एमाले प्रतिनिधिलाई पत्र लेख्दै विद्या भण्डारीले गरिन् पार्टी एकताको आह्वान [पत्रसहित]](https://himalpress.com/wp-content/uploads/2025/08/bidhya_bhandari.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 