विदेशीको नक्कलले मौलिक विकास रोकिएको प्रचण्डको टिप्पणी

हिमाल प्रेस ३० साउन २०८२ ११:०२ | Friday, August 15, 2025
विदेशीको नक्कलले मौलिक विकास रोकिएको प्रचण्डको टिप्पणी प्रचण्ड। फाइल तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा मौलिक विकास हुन नसक्नुको मुख्य कारण विदेशीको नक्कल गर्ने प्रवृत्ति भएको टिप्पणी गरेका छन्।

भक्तपुरको चाँगुनारायणलाई ‘एभोकाडो सिटी’ को रूपमा विकास गर्ने अभियानको समापन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशीको नक्कलको साटो आफ्नै शैलीमा विकास मोडेल अघि बढाउनुपर्ने बताए।

उनका अनुसार स्थानीय स्रोत, साधन, सिप र श्रमको सिर्जनात्मक प्रयोग गर्न सक्ने हो भने देश छिट्टै आत्मनिर्भर बन्न सक्छ।

गत साउन १ गते सुरु भएको उक्त अभियानअन्तर्गत चाँगुनारायण नगरपालिकाका प्रत्येक परिवारलाई दुईवटा एभोकाडोका बिरुवा निःशुल्क वितरण गरिएको थियो।

तीन वर्षसम्म निरन्तर सञ्चालन गरिने यो अभियानमार्फत चाँगुनारायणलाई ‘एभोकाडो सिटी’को पहिचान दिलाउने लक्ष्य राखिएको अभियान संयोजक नरेश खड्काले जानकारी दिए।

हाल नेपालको धनकुटा जिल्लालाई ‘एभोकाडोको राजधानी’ का रूपमा चिनिन्छ।

प्रकाशित: ३० साउन २०८२ ११:०२ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast