वर्कसपमा व्यस्त ‘परालको आगो’ टिम

हिमाल प्रेस २ भदौ २०८२ १२:१४ | Monday, August 18, 2025
वर्कसपमा व्यस्त ‘परालको आगो’ टिम

काठमाडौँ- फिल्ममा आफ्नो चरित्रमा निखारता ल्याउन निर्माण टिमले वर्कसप गर्दै आएको छ। फिल्म ‘परालको आगो’ टिम पनि यतिबेला औपचारिक वर्कसपमा व्यस्त छन्।

वर्कसपमा फिल्मका कलाकार सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपानेलगायत सहभागी छन्। निर्माता सुशील पोखरेल र पटकथा लेखक सुशील देवकोटा पनि वर्कसपमा उपस्थित छन्। निर्माता पोखरेलले फिल्मलाई उत्कृष्ट बनाउन आफू प्रत्यक्ष रूपमा संलग्न भएको बताए।

यो फिल्म कथाकार गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ मा आधारित छ। फिल्म लक्ष्मण सुनारले निर्देशन गर्न लागेका हुन्।

फिल्म यही भदौ अन्तिमसातादेखि म्याग्दीबाट छायांकन सुरु गरिनेछ। छायांकन संकल्प भुजेलले गर्नेछन्। फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन, सुलक्षण भारतीको स्क्रिप्ट डक्टोरिङ सुशील देवकोटा पटकथालेखन र नगेन्द्र घिमिरे प्रोडक्सन म्यानेजरमा छन्।

४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले  ‘परालको आगो’ बनाएका थिए । जुन व्यावसायिक रूपमा सफल भएको थियो।

प्रकाशित: २ भदौ २०८२ १२:१४ | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast