लोसपाको महाधिवेशन फागुनमा !

हिमाल प्रेस १० भदौ २०८२ ९:४८ | Tuesday, August 26, 2025
लोसपाको महाधिवेशन फागुनमा !

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महाधिवेशन आगामी फागुनलाई सर्ने प्रस्ताव अघि सारेको छ। एक वर्ष यता लोसपाको महाधिवेशनको मिति २ पटक सरेको छ। लोसपाले गएको वैशाखमा महाधिवेशनको तयारी गरेको थियो। तर सोही मितिमा तयारी नपुगेको भन्दै गत साउनलाई सारेको थियो। अब फेरि फागुनलाई महाधिवेशन तोक्ने तयारी गरेको हो।

लोसपाका महासचिव मनिष मिश्रले सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदनमा वडा पालिका अधिवेशन भदौ र असोजमा, प्रतिनिधिसभा अधिवेशन कात्तिक र मंसिरमा, जिल्ला महाधिवेशन पुसमा र प्रदेश महाधिवेशन माघमा तोक्ने भएको हो। मिश्रको प्रतिवेदनमा पार्टीको कार्यसमिति २३ जिल्लामा रहेको उल्लेख छ।

प्रकाशित: १० भदौ २०८२ ९:४८ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast