लोकेन्द्रबहादुर चन्दको ‘बदलिँदो समयचक्र’ आउँदै

हिमाल प्रेस १४ भदौ २०८२ ८:४६ | Saturday, August 30, 2025
4
SHARES
लोकेन्द्रबहादुर चन्दको ‘बदलिँदो समयचक्र’ आउँदै

काठमाडौँ- पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपन्यास ‘बदलिँदो समयचक्र’ सार्वजनिक हुने भएको छ। मदन पुरस्कार विजेता चन्दको सामाजिक कथावस्तुमा आधारित उपन्यास आउँदो भदौ २० मा बिमोचन हुँदैछ।

१४४ पृष्ठको उपन्यासमा २५ उप शीर्षक छन्। नेपाली सहित्य क्षेत्रलाई दर्जनौ कृती दिएका चन्दको यसअघि विभिन्न कथा, नाटक, र उपन्याससंग्रह प्रकाशित छन्। चन्दको बिसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार पाएको थियो। उनका अन्य कृतिमा अपराजिता, बार्हौ खेलाडी, रात्रिभोज, हिउँको तन्ना, नेताको साथी जस्ता प्रकाशित छन्।

‘बदलिँदो समयचक्र’ उपन्यास सम्बर्द्धन पब्लिकेसन्सले प्रकाशन गरेको हो। प्रकाशनका राधाकृष्ण बिष्टका अनुसार बिमोचनको सम्पूर्ण तयारी पूरा भइसकेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले हिमाल प्रेसलाई जानकारी दिए।

प्रकाशित: १४ भदौ २०८२ ८:४६ | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast