लिपुलेक सम्झौताबारे डा राजन भट्टराईको आपत्ति

हिमाल प्रेस ५ भदौ २०८२ ९:०१ | Thursday, August 21, 2025
लिपुलेक सम्झौताबारे डा राजन भट्टराईको आपत्ति राजन भट्टराई

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं परराष्ट्र विज्ञ डा राजन भट्टराईले लिपुलेकलाई भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमति गरेकोप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा भट्टराईले धारणा सार्वजनिक गर्दै नेपालको भूभागका मामिलामा नेपालको सहमति बेगर नै गरिने सहमति नेपाललाई मान्य नहुने बताएका हुन्।

यसले नेपालको सार्वभौमिकतामा असर पुगेकोतर्फ सङ्केत गर्दै उनले लेखेका छन् ‘नेपालको भूभागका मामिला नेपालको सहमति बेगर गरिने सहमति वा सम्झौता नेपाललाई मान्य हुन सक्दैन । यो सार्वभौम सच्चाई हो ’

 

प्रकाशित: ५ भदौ २०८२ ९:०१ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast