लगातारको वर्षापछिको पहिरोले कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

हिमाल प्रेस १३ भदौ २०८२ ८:१४ | Friday, August 29, 2025
लगातारको वर्षापछिको पहिरोले कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

गुल्मी- बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडकखण्ड अवरूद्ध भएका छन्।

कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी, बाढीका कारण गुल्मीको रिडी-वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरूद्ध भएको छ। उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका-६ डहरे खोलाको बाढीले सडक पनि पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए।

लगातारको वर्षाले अवरूद्ध दुवै सडक बिहीबार साँझ एकतर्फी खुलेका थिए। उक्त क्षेत्रमा वर्षा जारी रहेको र पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको उनले बताए। सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन्।

प्रकाशित: १३ भदौ २०८२ ८:१४ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast