रूपन्देही उपनिर्वाचन : २६ दल दर्ता

हिमाल प्रेस २ भदौ २०८२ १८:३१ | Monday, August 18, 2025
रूपन्देही उपनिर्वाचन : २६ दल दर्ता

काठमाडौँ- रूपन्देही उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा २६ दल दर्ता भएका छन्। आयोगले दिएको साउन २१ देखि २७ गतेसम्मको अवधिमा उपनिर्वाचनमा भाग लिन २६ दल दर्ता भएका हुन्।

आगामी कात्तिक १७ गते हुन लागेको उपनिर्वाचन प्रयोजनका लागि दिइएको अवधिमा दल दर्ताका लागि २७ वटा निवेदन परे पनि कानुनी रीत पूरा गरेका २६ दल दर्ता भएको आयोगले जनाएको छ।

नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ मा निर्वाचनअघि दल दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ। आयोगको सोमबार बसेको बैठकले दल दर्तासम्बन्धी निर्णय गरेको हो।

राप्रपाका दीपक बोहराको निधन भएपछि रूपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुन लागेको हो।

यी हुन दर्ता भएका दलहरू :

 

 

प्रकाशित: २ भदौ २०८२ १८:३१ | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast