रुबी हत्याको आरोपमा पक्राउ परेका पासवानको मृत्यु

हिमाल प्रेस ११ भदौ २०८२ १८:४२ | Wednesday, August 27, 2025
रुबी हत्याको आरोपमा पक्राउ परेका पासवानको मृत्यु

काठमाडौँ- रौतहटकी रुबीकुमारी साह सुडीको हत्या गरेको आरोप लागेका लक्ष्मण पासवानको मृत्यु भएको छ। पासवानको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो।

काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले उनको बुधबार साँझ ५ : ५५ बजे मृत्यु भएको जानकारी दिए।

पासवानललाई प्रहरी बुधबार नै रौतहटबाट पाक्राउ गरेको थियो। उनलाई जलेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। शरीरको ७० प्रतिशत भाग जलेर स्वास्थ्य अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो।

शरीरमा आगो लगाउनु केही बेरअघि सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेर पासवानले आफूले रुबीको हत्या गरेको स्वीकार गरेका थिए। रुबीसँग आफ्नो बिहे भए पनि उनकी आमाले सँगै बस्न नदिएको उनले भिडियोमा जिकिर गरेका थिए।

रुबीको हत्या गरेको र आफू पनि शरीरमा आगो लगाएर ज्यान दिने पासवानले भिडियोमा उल्लेख गरेका थिए। रुबी र पासवान पूर्वप्रेमी रहेको प्रहरी अनुसन्धानबाट समेत खुलेको छ। गत शनिबार राति रुबीको शव सुटकेसभित्र भेटिएको थियो। माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइती भएकी रुबी एक महिनादेखि त्यहाँ डेरा लिएर बस्दै आएकी थिइन्।

भारत बिहार मुजफ्फरपुर बिहे भएको उनी छोरालाई पढाउने भनेर डेरा गरेर बस्दै आएको बताइएको थियो। पासवान केही समयअघि मात्र मलेसियाबाट नेपाल फर्किएका थिए।

प्रकाशित: ११ भदौ २०८२ १८:४२ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast