रुपन्देहीमा एक करोड ७१ लाखको अवैध सामान बरामद

हिमाल प्रेस ६ भदौ २०८२ ५:२५ | Friday, August 22, 2025
रुपन्देहीमा एक करोड ७१ लाखको अवैध सामान बरामद

रुपन्देही- रुपन्देहीमा नेपाल प्रहरीले राजस्व छलिको एक करोड ७१ लाखको अवैध सामान बरामद गरेको छ। प्रहरीले राजस्व छलिको सामानसहित जिप चालकलाई नियन्त्रणमा लिएको छ।

बिलबिजक बिनाका सामान ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवारबाट राजस्व छलिको सामानसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरि बनियाँले चलाएको लु२च ६३०३ नम्बरको जिपमा जाँच गर्दा बिना बिलबिजकका सामान फेला परेको कार्कीले जानकारी दिए।

बरामद गरिएका सामानमा विभिन्न कम्पनीका फ्लेबर २७ कार्टुन, लाखौँ मूल्यको ई–भेप तथा अन्य सामान रहेको छ। चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ भदौ २०८२ ५:२५ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast