रुकुम पश्चिममा पहिरोले पुरिएर एकको मृत्यु

हिमाल प्रेस १५ भदौ २०८२ १६:४० | Sunday, August 31, 2025
रुकुम पश्चिममा पहिरोले पुरिएर एकको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

रुकुम पश्चिम- जिल्लाको मुसीकोट नगरपालिका-१ छिङमा पहिरोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ।

आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए।

उनसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन्। हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष चन्दले बताए।

उनका अनुसार मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो।

प्रकाशित: १५ भदौ २०८२ १६:४० | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast