‘रिमै’ काे प्रचारमा निर्माण टिम

हिमाल प्रेस २६ साउन २०८२ १५:३० | Monday, August 11, 2025
‘रिमै’ काे प्रचारमा निर्माण टिम

काठमाडौँ- फिल्म ‘रिमै’ को निर्माण टिम यतिबेला फिल्मको प्रचारमा लागेको छ। फिल्म आगामी भदौ २० मा प्रदर्शन हुनेछ।

३१ औं विश्व आदिवासी दिवसमा काठमाडौँमा आयोजित विभिन्न ठाउँको र्‍यालीमा ‘रिमै’ टिमले सहभागिता जनाए। जसमा फिल्मका सम्पूर्ण टिम आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्ना गर्ने सन्देशसहित उपस्थित भएका थिए।

फिल्मका टिमसहित आदिवासी जनजाति समुदायका अभियानकर्ता हातमा ब्यानर, प्लेकार्ड र फिल्मको नाम अंकित पोस्टर बोकेर परम्परागत धुनमा नाचगान गर्दै रमाए।

‘रिमै’ टिमले आदिवासी दिवसलाई उत्सव मात्र नभई अधिकार, समानता र सांस्कृतिक सम्मानका लागि संघर्षको प्रतीककाे रूपमा लिएको बताए। निर्देशक खिल बहादुर गुरुङले फिल्ममा पनि आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई प्रस्तुत गरिएको उल्लेख गरे।

विश्व आदिवासी दिवसमा ‘रिमै’ टिमको सहभागिताले कलाकार तथा फिल्मकर्मी पनि सामाजिक तथा सांस्कृतिक मुद्दाप्रति सचेत र प्रतिबद्ध रहेको सन्देश दिएको टिमको दाबी छ।

फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन्। शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेको फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।

वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्मातामा छन्। गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स्को प्रस्तुति रहेको फिल्म रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो।

प्रकाशित: २६ साउन २०८२ १५:३० | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast