विराजभक्त श्रेष्ठ। 
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूलाई स्वेच्छाचारी र तानाशाही व्यवहार परिवर्तन गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुक्रबार प्रतिक्रिया दिँदै उनले पुराना दलका नेताहरूले रास्वपालाई कमजोर पार्ने, बदनाम गर्ने र भ्रम छर्ने नियतले समय, मेहनत, ऊर्जा, स्रोत र शब्द खर्चिरहेको आरोप लगाए।
श्रेष्ठले लेखेका छन्, ‘हामीलाई कमजोर पार्ने, बदनाम गर्ने र भ्रम छर्ने हेतुले खर्चिएको तपाईँहरूको समय, मेहनत, ऊर्जा, स्रोत र शब्द आफ्नै पार्टी सुधारका लागि प्रयोग भएको भए, आज देशको अवस्था यस्तो हुने थिएन, हाम्रो उदय नै हुने थिएन।’
उनले पुराना दलहरूले प्राथमिकता बदल्ने हो भने देश बदलिने उल्लेख गर्दै यस्तो विषयमा पार्टीले प्रतिक्रिया दिएर हैन, मनन गरेर बुझिदिए मात्रै पुग्ने टिप्पणीसमेत गरेका छन्।

                                             
                                             
                                             
                                             
                                             

