राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

हिमाल प्रेस ३० साउन २०८२ १९:१० | Friday, August 15, 2025
राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज (शुक्रबार) आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन पेस गरेका हुन्।

त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले सबैको सम्मान गरिनुपर्ने बताए।

‘सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्यता कायम गरी समानता एवं सहअस्तित्वका आधारमा अगाडि बढ्न आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने, ‘राज्यको सामाजिक र सांस्कृतिक रुपान्तरणसम्बन्धी नीतिमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला र सम्पदाको संरक्षण र विकास गर्ने व्यवस्था छ। यसको सबैले पालना गर्नुपर्छ।’

उनले मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको र आगामी दिनमा आयोगले यो दायित्व अझ प्रभावकारी ढंगले निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ३० साउन २०८२ १९:१० | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast