रामेछापमा ८३ विपन्न छात्रालाई शैक्षिक सामग्री

हिमाल प्रेस ११ भदौ २०८२ ११:४९ | Wednesday, August 27, 2025
रामेछापमा ८३ विपन्न छात्रालाई शैक्षिक सामग्री

रामेछाप- मन्थली नगरपालिका-१ का समाजसेवी श्याम सुवेदीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्ययनरत ८३ विपन्न छात्रालाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्। हरितालिकाको अवसर पारेर उनले एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

‘जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम’अन्तर्गत मन्थली मावि मन्थलीका ३५, भैरवी मावि सुनारपानी, सेतीदेवी मावि सालु र शिद्धेश्वर मावि गैराथोकका १०-१०, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका छ जना र तामाकोशी क्याम्पस खिम्तीका १२ जना गरी ८३ जनालाई नगदसहित विद्यालय शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।

मन्थली क्याम्पसका छ र खिम्ती क्याम्पसका १२ छात्रामध्ये मन्थलीका दुई र खिम्तीका चार गरी छ जनालाई रु १८ हजार नगदसहित ट्रयाकसुट, झोला प्रदान गरिएको थियो भने मन्थली र खिम्ती क्याम्पसका क्रमशः चार र आठ छात्रालाई ट्रयाकसुट, झोला र एक वर्षलाई सामग्री प्रदान गरिएको थियो।

त्यसैगरी, मन्थली माविका ३५ छात्रामध्ये १० जनालाई नगद रु १० हजारसहित नगद छात्रवृत्ति र २५ जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो भने भैरवी मावि, सिद्धेश्वर मावि र सेतीदेवी माविका १०–१० छात्रामध्ये तीन–तीन जनालाई रु १० हजारसहित र सात–सात जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको सुवेदीले बताए।

उनले मन्थली नगरपालिका–१३ को हर्रेचिण्डे मावि, वडा नं ६ को सिद्धेश्वर आवि र वडा नं २ को कालिका आविका छात्रालाई पनि विद्यालय पोसाक प्रदान गरिने बताए।

प्रकाशित: ११ भदौ २०८२ ११:४९ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast