रामेछापको उमाकुण्डमा मृत भेटिए प्रकाश सुनुवार

हिमाल प्रेस ३ भदौ २०८२ ७:०५ | Tuesday, August 19, 2025
रामेछापको उमाकुण्डमा मृत भेटिए प्रकाश सुनुवार सांकेतिक तस्बिर।

काठमाडौँ- रामेछापको उमाकुण्ड गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन्। उमाकुण्ड–६ स्थित खोल्सामा ४० वर्षीय प्रकाश सुनुवार मृत भेटिएका हुन् । सोमबार घर नजिकै खोल्सामा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपाने नेतृत्वको टिम घटनास्थलमा पुगेर त्यसबारे अनुसन्धान गरिरहेको छ। घटनास्थल सदरमुकाम मन्थलीबाट ७५ किलोमिटर टाढा पर्छ । घरबाट करिब १ सय मिटर पर सुनुवारको शव भेटिएको थियो।

प्रकाशित: ३ भदौ २०८२ ७:०५ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast