 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झा। तस्बिर : रासस
                             राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झा। तस्बिर : रासस
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपाका प्रवक्ता मनीष झाले निजामती सेवा विधेयकमा रहेको विश्राम अवधि (कुलिङ अफ पिरियड) का बारेमा विशेष छानबिन समितिले राज्य व्यवस्था समितिका सभापति खतिवडामाथि नैतिक प्रश्न उठाएको भन्दै राजीनामा दिनुपर्ने बताए। विशेष छानबिन समितिको प्रतिवेदनमा आफ्नो नाम छैन भनेर खतिवडा उम्किन नमिल्ने उनको भनाइ छ।
प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा मानव बेचबिखन नै भएको यसअघिको छानविन समितिले उल्लेख गरेको भन्दै आफूहरूले उठाएका बिषयको औचित्य पुष्टि हुँदै गएको जिकिर गरे। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै बुधबार पनि रास्वपा सांसदहरुले सदन बहिष्कार गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 