राप्रपानिकट युवा संघको अधिवेशनमा हात हालाहाल, साम्य बनाउन प्रहरी परिचालन

हिमाल प्रेस २८ साउन २०८२ १३:०७ | Wednesday, August 13, 2025
राप्रपानिकट युवा संघको अधिवेशनमा हात हालाहाल, साम्य बनाउन प्रहरी परिचालन

काठमाडौँ- राप्रपा निकट युवा संगठनको काठमाडौँ जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ जिल्ला अधिवेशनमा हात हालाहालको स्थिति आएपछि प्रहरी परिचालन गरिएको छ।

केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल भएको हो। मञ्चमै युवाले हात हालाहाल गरेपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले धैर्यतापूर्वक बस्न आग्रह गरेका थिए। उनले विवादित विषयमाथि बन्दशत्रमा छलफल गर्न भनेका थिए। तर युवाले लिङ्देनको कुरा नसुनी बाजाबाजमा उत्रिएका थिए।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद छ । विवाद हुने बुझेर यसअघि नै प्रहरी समेत परिचालन गरिएको थियो।

प्रकाशित: २८ साउन २०८२ १३:०७ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast