राज्यको सेवासुविधा लिने र तलब खानेका बालबच्चा सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राख्न प्रस्ताव

हिमाल प्रेस ५ भदौ २०८२ १२:२७ | Thursday, August 21, 2025
राज्यको सेवासुविधा लिने र तलब खानेका बालबच्चा सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राख्न प्रस्ताव

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले राज्यको सेवासुविधा लिने र तलब खानेका बालबच्चा सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विद्यालय शिक्षा विधेयकमा राख्न प्रस्ताव राखेकी छन्।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले उक्त प्रस्ताव राखेकी हुन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दासमेत देशको शिक्षाको स्थिति नाजुक रहनु दुःखद भएको बताइन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुँदापनि शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्न सकेनौं। शिक्षाको क्षेत्रमा धेरै समस्या हाम्रो अगाडि खडा भए। जसको कारणले आज झन्डै हाम्रो देश आज जसरी अघि बढ्नुपर्ने हो त्योअनुसार बढ्न सकेन। शिक्षालाई अघि बढाउने शिक्षा विधेयकले महत्वपूर्ण भूमिका निर्वाह गरोस्। शिक्षा क्षेत्रमा जग बलियो खडा गरौँ भनेर हामी लाग्यौं,’ उनले भनिन्।

सांसद बस्नेतले शिक्षा क्षेत्रमा धेरै सुधारहरू गर्न जरुरी रहेको बताइन्।

प्रकाशित: ५ भदौ २०८२ १२:२७ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast