सुर्खेत – कर्णली प्रदेशको राजधानी सुर्खेतको लेकवेशी नगरपालिका–१० मा बस्दै आएका राउटे समुदायका जेष्ठ सदस्यको मृत्यु भएको छ।
बिहीबार राउटे समुदायका जेष्ठ सदस्य नन्दाराम शाहीको निधन भएको हो।
सुर्खेतको लेकवेशी नगरपालिका–१० झुप्राखोलाको जंगलमा बसोबास गरिरहेका ७५ वर्षीय शाहीको हृदयघातका कारण निधन भएको राउटे परियोजनाका जोडी शिक्षकका रूपमा काम गर्दै आएका लालबहादुर खत्रीले जानकारी दिए।
नन्दरामको मृत्यु भएसँगै अब राउटे समुदायको जनसंख्या एक सय ३५ मा झरेको उनले जानकारी दिए।
प्रकाशित: ५ भदौ २०८२ १७:५३ | Thursday, August 21, 2025
प्रतिक्रिया




