रसुवामा बस दुर्घटना, २१ जना घाइते

हिमाल प्रेस २९ साउन २०८२ १८:०२ | Thursday, August 14, 2025
रसुवामा बस दुर्घटना, २१ जना घाइते

काठमाडौँ- रसुवामा बिहीबार अपराह्न बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। उत्तरगया गाउँपालिका-५ लहरेपौवास्थित पासाङल्हामु राजमार्गअन्तर्गत धुन्चे–त्रिशूली सडक खण्डमा बस दुर्घटना भएको हो।

दुर्घटना भएकामध्ये चारजनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। १७ जना घाइतेलाई त्रिशूली लगिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

गत्लाङबाट काठमाडौँका लागि गुडिरहेको बा ४ ख ८४३५ नम्बरको यात्रुवाहक बस बेत्रावतीबाट नं. नखुलेको अटोलाई साइड दिने क्रममा सडकबाट खसेको थियो। घाइतेहरूलाई सुरक्षाकर्मी तथा स्थानीयहरूले उद्धार गरेका थिए।

प्रकाशित: २९ साउन २०८२ १८:०२ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast