काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागार ल्याइने निर्णय भएको छ। सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हाल रूपन्देही कारागारमा थुनामा छन् । रविलाई नख्खु कारागार ल्याउन कारागार व्यवस्थापन विभागले निर्णय गरिसकेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
कारागार व्यवस्थापन विभागले निर्णय गरेर रूपन्देही कारागारमा पठाइसकेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । रविले नै नख्खु कारागार बस्न माग गरेका थिए ।
                            प्रकाशित: ३१ साउन  २०८२ ६:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

