रविको स्वास्थ्यमा समस्या, गम्भीर सावधानी अपनाउन चिकित्सकको सल्लाह

हिमाल प्रेस ३ भदौ २०८२ १३:५९ | Tuesday, August 19, 2025
रविको स्वास्थ्यमा समस्या, गम्भीर सावधानी अपनाउन चिकित्सकको सल्लाह बुद्ध एयरको विमानमा रवि लामिछाने।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’को कमी देखिएको छ। सोमबार लामिछाने बिरामी भएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकहरूले उनको रगत परीक्षण गरेका थिए। रगत परीक्षणको रिपोर्टबारे डा जितेन्द्रप्रसाद यादवले दिएको जानकारी अनुसार लामिछानेलाई भिटामिन ‘डी’ को कमी भएको प्रवक्ता मनिष झाले जानकारी दिए।

झाका अनुसार केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर यादव लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको उनले बताए ।

‘सभापतिज्यू को रगत परीक्षणको रिपोर्टबारे डा. जितेन्द्र प्रसाद यादवले दिनुभएको जानकारीअनुसार, उहाँको शरीरमा भिटामिन डी को कमी देखिएको छ। रुपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय उहाँले बताउनुभएको छ’, झाले जानकारी दिए ।’

प्रकाशित: ३ भदौ २०८२ १३:५९ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast