युवा संघमा सञ्जीवलाई कारबाही पछि झनै बढ्यो विवाद, इतरपक्ष भन्छ : हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौँँ

हिमाल प्रेस ९ भदौ २०८२ ७:५८ | Monday, August 25, 2025
युवा संघमा सञ्जीवलाई कारबाही पछि झनै बढ्यो विवाद, इतरपक्ष भन्छ : हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौँँ

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघमा लामो समयदेखि विवाद छ। संगठनका अध्यक्ष रोशन थापा विरुद्ध इतरपक्षका सञ्जीव राईले समानान्तर गतिविधि बढाएका छन्। राईले आफ्नै नेतृत्वमा समानान्तर गठन गरेर प्रदेश स्तरमा पनि कमिटी गठन गरिरहेका छन्।

थापा पक्ष भने निरन्तर राई पक्षलाई खबरदारी गरिरहेको छ। संगठनमा मातृ पार्टीका दुई मुख्य नेताको छायाँ प्रष्ट छ। थापासहित युवा इन्चार्ज लक्ष्मण केसी पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् भने राई पार्टीका सम्मानित नेता झलनाथ खनाल निकटस्थ हुन्। नेपालले आफूहरूलाई चेपुवामा पारेको भन्दै राई पक्ष समानान्तरमा लागेको हो।

थापाले आयोजक कमिटी भन्दै कमिटी विस्तार पछि राई पक्षमा आक्रोशित छ। राईले आफ्नै नेतृत्वमा संस्थापनको जस्तै कमिटी गठन गरेका छन्। राईलाई यसअघि नै स्पष्टीकरण सोधिएको थियो। युवा संघ अनुशासन आयोग अध्यक्ष विकल केसीले राईलाई ३ दिने स्पष्टीकरण सोधेका थिए। तर राईले जबाफ नदिएपछि आइतबार उनलाई कारबाहीको सिफारिस गरिएको छ।

युवा इन्चार्ज केसीले छ महिनालाई निलम्बन गर्न सिफारिस गरेका छन्। संस्थापन नेताहरूका अनुसार राईलाई कारबाही निश्चित छ। यता राई पक्ष भने झनै आक्रोशित छ। समानान्तरका महासचिव भेषराज शाहका अनुसार आफ्नो संगठनले पार्टीको विधि विधान, पद्धति र माउ पार्टीले बोकेको विचार, दर्शन, सिद्धान्त मूल्य मान्यताको जगमा अविचलित अगाडी लम्कने संगठन भएको बताएका छन्।

उनले एकीकृत समाजवादी र युवा संघ नेपालमा पछिल्लो समय गम्भीर षडयन्त्र भइ रहेको आरोप लगाएका छन्। शाहले अवैधानिक कमिटीले हाम्रो संगठनका नेतृत्व र कार्यकर्ताहरुलाई बद्खाइ गरी पार्टी आन्दोलनलाई कमजोर पार्ने हर्कतहरु गरेको जनाएका छन्।

प्रकाशित: ९ भदौ २०८२ ७:५८ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast