यी नदी र खोलामा आज बाढीको सम्भावना, यी जिल्लामा हुन सक्छ क्षति

हिमाल प्रेस ९ भदौ २०८२ ९:३१ | Monday, August 25, 2025
यी नदी र खोलामा आज बाढीको सम्भावना, यी जिल्लामा हुन सक्छ क्षति

काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाले आज आजको बाढीको सम्भावित विवरण सार्वजनिक गरेको छ। यात्रामा निस्कनेका लागि सचेत हुँदै यात्रा गर्न अनुरोध गरिएको छ।

बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ। तर दिउँसो बढ्ने सम्भावना छ।

आज धादिङ, नुवाकोट, लमजुङ र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने सम्भावना छ। जसका कारण आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ।

आज ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुर, कास्की, मुस्ताङ, कालीकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने सम्भावना छ र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम रहेको बाढी महाशाखाले जनाएको छ।

प्रकाशित: ९ भदौ २०८२ ९:३१ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast