यी नदीमा बढ्ने बहाव

हिमाल प्रेस २६ साउन २०८२ ९:१५ | Monday, August 11, 2025
यी नदीमा बढ्ने बहाव

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले आजका लागि बाढी जोखिम पूर्वानुमान गरेको छ।

महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोशी नदीको सहायक नदीको बहाब सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली महाकाली, कन्काई, कमला पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

जिल्लाका दृष्टिले आज दोलखा, सिन्धुपाल्चोक, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

साथै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, डोटी, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि आज बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

उल्लिखित ३४ जिल्लालाई पहेँलो रङमा राख्दै बाढी महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई बाढीबाट सावधान रहन सुझाव दिएको छ।

प्रकाशित: २६ साउन २०८२ ९:१५ | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast