यस्तो छ ‘माग्ने राजा’ काे ट्रेलर

हिमाल प्रेस २२ साउन २०८२ १५:२१ | Thursday, August 7, 2025
यस्तो छ ‘माग्ने राजा’ काे ट्रेलर

काठमाडौँ- ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्म ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

३ मिनेट ४० सेकेन्डको ट्रेलर साधारण गाउँले युवाको धनी बन्ने सपना वरिपरि सकिएको छ।  मुख्य भूमिकामा छन् अभिनेता केदार घिमिरे (माग्ने बुढा)। उनले पहिलोपटक मुख्य चरित्रमा अभिनय गरेकाे छन्।  यसअघि उनी सहायक भूमिकामा सिमित थिए।

केदारसहित फिल्ममा वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरी, मिस पबी, कोमल वलीलगायत कलाकारको अभिनय छ।

आगामी भदौ ६ देखि प्रदर्शन हुने फिल्ममा देशको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिप्रति व्यंग्य गरिएको छ। फिल्म सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवादमा बनेको छ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन्।

प्रकाशित: २२ साउन २०८२ १५:२१ | Thursday, August 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast