यस्तो छ फिल्म ‘ताराहरू’ को ट्रेलर

हिमाल प्रेस २५ साउन २०८२ ११:३२ | Sunday, August 10, 2025
4
SHARES
यस्तो छ फिल्म ‘ताराहरू’ को ट्रेलर

काठमाडौँ- आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ९ सेकेन्डको ट्रेलरमा मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले काठमाडौँमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ।

फिल्मको मुख्य भूमिकामा निर्देशक आशान्त शर्माकै अभिनय छ।  साथै फिल्ममा मेनुका प्रधान, आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।

यसअघि फिल्मको ‘ऐया नि हो’, ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीत र टिजर सार्वजनिक भइसकेको छ।

निर्देशक शर्माकै कथा रहेको फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ। फिल्मले निम्न मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले आफ्नाे सपना पूरा गर्न केकस्ता अवरोधहरूको सामना गर्नुपर्छ भन्ने देखाउने छ।

वेज प्रा.लि.को प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह-निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्।

सरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्समा बनेको छ।

प्रकाशित: २५ साउन २०८२ ११:३२ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast