यस्तो छ दयाहाङ अभिनीत ‘रिमै’ को ट्रेलर

हिमाल प्रेस ८ भदौ २०८२ १६:५६ | Sunday, August 24, 2025
यस्तो छ दयाहाङ अभिनीत ‘रिमै’ को ट्रेलर

काठमाडौँ- खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’ को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट ३२ सेकेन्डको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थ समेटेको छ।

ट्रेलरमा दयाहाङ राई ग्रामीण परिवेशमा छन्। उनी आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेको देख्न सकिन्छ।

फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको फिल्मका निर्मातामा टिका गुरुङ, जीत यात्री गुरुङ र दुन बहादुर घले छन्।

फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् को प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो।

प्रकाशित: ८ भदौ २०८२ १६:५६ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast