काठमाडौँ- फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट ३८ सेकेन्डको ट्रेलरमा आर्थिक अभाव, कोरिया जाने सपना र त्यसका लागि मुख्य पात्रले गर्ने संघर्षको कथा देखाइएको छ।
मुख्य भूमिकामा छन् अभिनेता विजय बराल। साथमा मिरुना मगर र केकी अधिकारी पनि मुख्य भूमिकामा छन्।
पारिवारिक कथामा बनेको फिल्म आगामी भदौ ६ मा प्रदर्शन हुनेछ। हिमाल न्यौपानेको निर्देशनमा बनेको फिल्म अन्य कलाकार सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्माका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्।
प्रकाशित: २७ साउन २०८२ ११:०९ | Tuesday, August 12, 2025
प्रतिक्रिया




