म्याग्दीको दुर्गम नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

हिमाल प्रेस १० भदौ २०८२ ८:४८ | Tuesday, August 26, 2025
म्याग्दीको दुर्गम नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी- भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–७सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ।

नामिलाका बासिन्दालाई चिमखोला र घ्याँसीखर्कमा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो। बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था थियो। एकाइबाट नामिला र कुइनेका करिब एक सय घरपरिवार लाभान्वित भएका स्थानीय मीना बुढाले बताए।

आमा समूहको भवनको कोठामा एकाइ स्थापना गरिएको छ। यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको थियो। एक जना अनमी खटाएर स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिने व्यवस्था मिलाइएको वडा सदस्य प्रेमबहादुर पुनले बताए।

गत आर्थिक वर्षमा एकाइ परिसरमा सार्वजनिक शौचालय निर्माण भएको र यस वर्ष भवन बनाइने उनले बताए। नामिला, पात्लेसहित रघुगंगाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ।

वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा एकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। रासस

प्रकाशित: १० भदौ २०८२ ८:४८ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast