मौलिक हकहरू कार्यान्वयन गरिन्छ : प्रधानमन्त्री

हिमाल प्रेस ३ भदौ २०८२ १५:१७ | Tuesday, August 19, 2025
मौलिक हकहरू कार्यान्वयन गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरूको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन्।

राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकले आवश्यक पाउनुपर्ने तर कानुनले गोप्य राख्नुपर्ने वा सरोकार नै नभएका विषयमा सूचना थुपार्नका लागि माग्ने अभ्यासको अर्थ आफूले नबुझेको टिप्पणी गरे।

‘हामीले लामो संघर्ष गरेर लोकतन्त्र ल्याएका हौँ। स्वतन्त्रता र सूचनाको हक जस्ता हकका लागि म आफैँ जेलनेल लडेर आएको हो। संविधानमा हामीले जानी बुझीकन मौलिक हकहरुको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गर्नुपर्छ भन्नेमा अहिलेको सरकार स्पष्ट छ,’ प्रधानमन्त्री ओलीले भने।

उनले सरकार र सूचना आयोगबीच कुनै अधिकारको लडाइँ तथा तानातान नरहेको बताउँदै मौलिक हकको कार्यान्वयनका क्रममा देखिएका समस्यालाई व्यवस्थापन गर्नुपर्ने बताए।

कार्यक्रममा सूचनाको हकका अभियन्ता, उत्कृष्ट सूचना अधिकारी, पत्रकार, कर्मचारीलगायतलाई पुरस्कृत गरिएको थियो।

प्रकाशित: ३ भदौ २०८२ १५:१७ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast