 तस्बिरः ग्याम्बियना डट्कम
                             तस्बिरः ग्याम्बियना डट्कम
                                            नुआक्चोट (रासस/एएफपी)- आप्रवासी बोकेको डुंगा मौरिटानियाको तटमा दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार एएफपीलाई जानकारी दिएका छन्।
आप्रवासीहरुले मंगलबार राति राजधानी नौआक्चोटबाट करिब ८० किलोमिटर उत्तरमा रहेको मौरिटानियाको तटमा दुर्घटना भएको कोस्टगार्डका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताए।
कोस्ट गार्डको एक गस्ती टोलीले १७ जनालाई उद्धार गर्न सफल भएको अधिकारीहरूले बताएका छन्। यसअघि मृत्यु हुनेको सङ्ख्या ४९ रहेको बताइए पनि तटरक्षकबलका एक वरिष्ठ अधिकारीले यो सङ्ख्या ६९ पुगिसकेको बताएका छन्।
सेनेगल र गाम्बियाली नागरिकसहित करिब १६० जना सवार रहेको उक्त डुंगा एक साताअघि गाम्बियाबाट हिँडेको थियो।
अफ्रिका र युरोपबीचको खतरनाक यात्रामा बारम्बार डुंगा डुब्ने गरेका छन्। समुद्रको तीव्र बहाव र अत्यधिक भारसहित लामो यात्राका कारण डुंग यात्रा जोखिमपूर्ण रहने गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 