मौरिटानियामा डुंगा पल्टिँदा ६९ जनाको मृत्यु

हिमाल प्रेस १३ भदौ २०८२ १९:४५ | Friday, August 29, 2025
मौरिटानियामा डुंगा पल्टिँदा ६९ जनाको मृत्यु तस्बिरः ग्याम्बियना डट्कम

नुआक्चोट (रासस/एएफपी)- आप्रवासी बोकेको डुंगा मौरिटानियाको तटमा दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार एएफपीलाई जानकारी दिएका छन्।

आप्रवासीहरुले मंगलबार राति राजधानी नौआक्चोटबाट करिब ८० किलोमिटर उत्तरमा रहेको मौरिटानियाको तटमा दुर्घटना भएको कोस्टगार्डका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताए।

कोस्ट गार्डको एक गस्ती टोलीले १७ जनालाई उद्धार गर्न सफल भएको अधिकारीहरूले बताएका छन्। यसअघि मृत्यु हुनेको सङ्ख्या ४९ रहेको बताइए पनि तटरक्षकबलका एक वरिष्ठ अधिकारीले यो सङ्ख्या ६९ पुगिसकेको बताएका छन्।

सेनेगल र गाम्बियाली नागरिकसहित करिब १६० जना सवार रहेको उक्त डुंगा एक साताअघि गाम्बियाबाट हिँडेको थियो।

अफ्रिका र युरोपबीचको खतरनाक यात्रामा बारम्बार डुंगा डुब्ने गरेका छन्। समुद्रको तीव्र बहाव र अत्यधिक भारसहित लामो यात्राका कारण डुंग यात्रा जोखिमपूर्ण रहने गरेको छ।

प्रकाशित: १३ भदौ २०८२ १९:४५ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast