मोर्चा बैठक : रूपन्देहीमा उम्मेवार छान्ने जिम्मेवारी रेशमलाई, स्वतन्त्र उम्मेदवारी दिने तयारी

हिमाल प्रेस ४ भदौ २०८२ २१:३० | Wednesday, August 20, 2025
मोर्चा बैठक : रूपन्देहीमा उम्मेवार छान्ने जिम्मेवारी रेशमलाई, स्वतन्त्र उम्मेदवारी दिने तयारी फाइल तस्बिर

काठमाडौँ- संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देही उपनिर्वाचनमा उम्मेदवार छान्ने जिम्मेवारी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई दिएको छ। बुधबार थापागाउँस्थित जनता प्रगतिशील पार्टी (जप्रपा) को पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले यो निर्णय गरेको हो।

साविकमा गरेकै निर्णयप्रति पुनः प्रतिबद्धता जनाउँदै नाउपाका संरक्षक चौधरीलाई रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उम्मेवार तय गर्ने जिम्मेवारी दिइएको मोर्चाले जनाएको छ।

त्यस्तै निर्वाचन प्रचारप्रसार तथा परिचालनका लागि मोर्चा सचिवालयलाई विशेष जिम्मेवारी दिइएको छ।

यसअघि बसेको मोर्चाको बैठकले रूपन्देही उपनिर्वाचनमा नाउपाको उम्मेवारलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर, रूपन्देही उपनिर्वाचन सन्दर्भमा निर्वाचन आयोगमा दल दर्ता हुन नसकेपछि नाउपा दलीय हिसाबमा भाग लिनबाट बञ्चित भएको छ।

आयोगमा दल दर्ता हुन नसकेपछि नाउपाले रूपन्देही उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार खडा गर्ने तयारी गरेको छ।

प्रकाशित: ४ भदौ २०८२ २१:३० | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast