‘मैझारो’ मा लिम्बू पहिरनसहित भाला हान्दै दयाहाङ 

हिमाल प्रेस ३ भदौ २०८२ १४:०३ | Tuesday, August 19, 2025
‘मैझारो’ मा लिम्बू पहिरनसहित भाला हान्दै दयाहाङ 

काठमाडौँ- फिल्म ‘मैझारो’ को छायांकन इलाममा भइरहेको छ। निर्माण टिमले छायांकन स्थलबाट अभिनेता दयाहाङ राईको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ। फोटोमा उनी लिम्बू पहिरनमा छन् । साथै भाला हान्दै गरेको पनि देखिन्छ।

तस्बिर सार्वजनिकसँगै फिल्ममा दयाहाङ जोडिएको निर्देशक विल्सन बिक्रम राईले जानकारी दिए। मौलिक प्रेम कथामा आधारित फिल्ममा अभिनेता राईसहित धीरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बूको अभिनय रहनेछ।

विल्सनकै कथा र पटकथा रहेको फिल्म छायांकन नेपालको पूर्वीको इलामका देउमाई नगरपालिका, पानीटार, जीतपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा  छायांकन भइरहेको छ। सौरभ लामाले छायांकन गरेकाे फिल्म तक्मे प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो।

प्रकाशित: ३ भदौ २०८२ १४:०३ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast