मुस्ताङमा एक महिलामा डेंगु संक्रमण

हिमाल प्रेस ३ भदौ २०८२ १५:२९ | Tuesday, August 19, 2025
मुस्ताङमा एक महिलामा डेंगु संक्रमण

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेंगु संक्रमण देखिएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेंगु संक्रमण भएको हो।

डेंगु संक्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन्।

सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेंगु रोगको संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.समिक्षा कँडेलले जानकारी दिइन्।

उनका अनुसार बिरामी महिला उपचारपछि घर फर्किएकी छन्।

प्रकाशित: ३ भदौ २०८२ १५:२९ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast