मुकुल ढकालको रिट खारेज

हिमाल प्रेस २७ साउन २०८२ १९:०२ | Tuesday, August 12, 2025
मुकुल ढकालको रिट खारेज मुकुल ढकाल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उनको रिट खारेज गरेको हो।

निर्वाचन आयोगले रास्वपाको कार्यसमिति अद्यावधिक नगरेपछि आफू नै महामन्त्री भएको दाबी गर्दै उनले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

रास्वपाले पार्टी हितविपरीत कार्य गरेको भन्दै एक वर्ष अघि उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको थियो । सो कारबाही पनि अवैधानिक भएको र निर्वाचन आयोगमा विवरण अद्यावधिक नभएको भन्दै हालसम्म पनि आफू नै महामन्त्री भएको दाबी गर्दै ढकालले रिट हालेका थिए।

प्रकाशित: २७ साउन २०८२ १९:०२ | Tuesday, August 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast