माछा मार्न गएका युवकको खोलाको ढुंगामा चिप्लिएर मृत्यु

हिमाल प्रेस १२ भदौ २०८२ ११:४४ | Thursday, August 28, 2025
माछा मार्न गएका युवकको खोलाको ढुंगामा चिप्लिएर मृत्यु

संखुवासभा- स्थानीय कासुवाखोलामा माछा मार्न गएका मकालु –३ उलिङका ४५ वर्षीय जापान राईको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ढुंगामा चिप्लिएर उनको मृत्यु भएको हो ।

बुधबार अपराह्न भएको यो दुर्घटनाको खबर प्राप्त हुनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको जानकारी दिँदै उनले शव परीक्षणका निम्ति आज जिल्ला अस्पताल पुर्‍याइने बताए।

उनीसँगै माछा मार्न गएका भानसिंह राईसँग प्रहरीले सोधपुछ एवं अनुसन्धान गरिरहेको छ । रासस

प्रकाशित: १२ भदौ २०८२ ११:४४ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast