एकीकृत समाजवादीका नेता दामोदर अर्याल।
                                            काठमाडौँ- नेकपा एकीकृत समाजवादीका पोलिट्बयुरो सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले एकीकृत समाजवादीको माओवादीसँगको एकता हल्ला मात्र भएको बताएका छन्।
उनले माओवादीबाट एकता हुँदैछ भन्ने हल्ला फिजिएको र त्यस्तो हल्लामा नपर्न अनुरोध गरेका छन्। उनले पार्टीको शुक्रबारको सचिवालय बैठकले वाम पार्टीसँग सहकार्य गर्ने र समाजवादी मोर्चालाई थप मजवुत बनाउने निर्णय गरेको जनाएका छन्।
उनले अरू वाम पार्टीहरुसँग पार्टी एकता गर्ने पार्टी सचिवालयले कुनै पनि निर्णय, योजना र मनसाय प्रकट नगरेको जनाएका छन्।
                            प्रकाशित: ३१ साउन  २०८२ ७:१२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

