 
                             
                                            काठमाडौँ- फिल्म ‘माइतीघर’ का पाँच कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पा अटाएका छन्। उनीहरूलाई ग्रामीण पहिरनमा पात्रअनुसार चित्रण गर्न खोजिएको छ।
मिलन तामाङको निर्देशनमा बनेको फिल्म आगामी असोज १३ अर्थात् दसैँकाे फूलपातीमा प्रदर्शन हुँदैछ। चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा रामशरण पाठकको पटकथा तथा संवाद लेखन छ। फिल्मले पारिवारिक कथासहित तामाङ संस्कृति पनि समेटिएकाे निर्देशकको भनाइ छ।
फिल्ममा अन्य कलाकारमा बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरूङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायत छन्।
रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको हो। फिल्म सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, अष्ट महर्जनको एक्सन निर्देशन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्व. जयदेवको संगीतमा बनेको छ।
रोहित अधिकारी नै प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा रविन शेरचन र धीरज तामाङ छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![पारिवारिक कथामा बनेको फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/maitighar-tailer.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 